बजेटको दूरुपयोग हुन नदिन मातहतका निकायलाई कृषिमन्त्री साहको निर्देशन
काठमाडौं, माघ ४। नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बजेटको दूरुपयोग नगर्न मातहतका सबै निकायलाई निर्देशन दिएकी छन्। कृषि विभागले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले खराव काम गर्ने कर्मचारीलाई दण्ड र राम्रो काम गर्नेलाई प्रोत्साहित गरेर अघि बढने आफ्नो कार्य योजना रहेको उनले सुनाइन्। कृषि मन्त्रालयका कर्मचारीले किसानको समस्या समाधानका लागि काम गर्नुपर्ने उनले बताइन्।
प्रतिक्रिया दिनुहोस्