दुई लाख १४ हजार भारतीय रुपैयाँसहित इटालियन नागरिक पक्राउ काठमाडौं, १० माघ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँसहित एक जना इटालियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका इटालियन नागरिकमा रोबर्ट मिगानी छन्। उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। इन्डिगो एयरको उडान नम्बर ६ इ ३२ मार्फत काठमाडौंबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको भारतीय रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्