सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौति गर्न आवश्यक काठमाडौं, १० माघ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताएका छन्। मंगलवार राष्ट्रिय वाणिज्य बैंकको कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रको अवस्थालाई ध्यानमा राख्दै सरकारी कार्यालयले मात्रै नभएर सार्वजनिक संस्थाहरुले पनि आर्थिक मितव्ययिता अपनाउन आवश्यक रहेको बताएका हुन्। फजुल खर्च कटौतिमा बैंकहरुले पनि ध्यान दिनुपर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्