संसद भवनबाट बाहिर सडकम आफैलाई पेट्रोल खन्याएर आगो लगाउने आचार्यको मृत्यु काठमाडौं, ११ माघ। मंगलबार बानेश्वरस्थित संसद भवन बाहिर आफैलाई पेट्रोल खन्याएर आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ। उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरी उपचारको लागि कीर्तिपुर अस्पताल लगेको थियो। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल संसद भवनबाट बाहिरिए लगत्तै उनले आत्मदाहको प्रयास गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्