एकजनाले आत्मदाह गरेपछि काठमाडौं महानगरका प्रमुख बालेनले भने– आत्मदाहको सबै भन्दा ठुलो कारण राज्य हो देखापढी, ११ माघ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले मंगलबार एकजना व्यक्तिले संसद भवनअघि आत्मदाह गर्नुको सबैभन्दा ठूलो कारण राज्य भएको बताएका छन्। ‘एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो। र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो,’ उनले फेसबुकमा लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्