भारतीय दुतावासले मनायो गणतन्त्र दिवस काठमाडौं, १२ माघ। काठमाडौंस्थित भारतीय दूतावासले आज आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ। दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा गणतन्त्र दिवस मनाएको हो। सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पु¥याएको योगदानलाई कदर गर्दै केही व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ। भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीको सम्मानमा उनीहरुको परिवारलाई कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्