पाकिस्तानको पेशावरस्थित मस्जिदमा आत्मघाती आक्रमण, २८ जनाको मृत्यु १५० जना घाइते
काठमाडौं, १६ माघ। पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा आत्मघाती आक्रमण भएको छ। आक्रमणमा परी २८ जनाको मृत्यु भएको छ भने १५० जना घाइेत भएका छन्। उद्धार कार्य जारी रहेकोले मृतक र घाइतेको संख्या अझै बढ्ने पेशावरका कमिश्नर रियाज महसूदले बताएका छन्। घाइते हुनेमा धेरै प्रहरी रहेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको कडा शब्दमा निन्दा गरेका छन्।
प्रतिक्रिया दिनुहोस्