२० हजार लिटर डिजेल लोड भएको ट्याङकर नै चोरी भएपछि...
सप्तरी, १८ माघ। डिजेल लोड भएको ट्याङकर चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–९ बस्ने २९ वर्षीय नबराज भुजेल र खडक नगरपालिका–७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षीय श्याम कुमार साह छन्। भुजेलले चोरी गरेको २० हजार लिटर डिजेल डिजेल साहले किनेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्