सांसदहरुले नागरिकसँग गरेका वाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छः सभामुख घिमिरे
काठमाडौं, १९ माघ। सभामुख देवराज घिमिरेले छोटो समयमा संसदीय गतिविधिबाट नागरिका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भुमिका खेल्न सांसदहरुलाई आग्रह गरेका छन्। बिहीवार संसद भवनमा प्रतिनिधि सभाका सदस्यहरुको लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकका समस्याहरुलाई समाधान गर्न संसदमा आफ्नो भुमिकालाई बलियो बनाउनुपर्ने बताए।विगतमा कतिपय सांसदहरुको आचारण जनमुखी नभएको स्मरण उनले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्