स्वास्थ्यमन्त्री स्वास्थ्य सेवा विभागको अनुगमनमा, खरिद पक्रियामा पारदर्शिता कायम गर्न निर्देशन
काठमाडौं, १९ माघ। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। बिहीबार काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागको अनुगमन गर्ने क्रममा उनले जनतामा ठूलो निराशा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकाय लाग्नुपर्ने बताए। खरिद प्रक्रियामा पारदर्शिता कायम नभएको गुनासो आए सैह्य नहुने चेतावनी उनले दिए।
प्रतिक्रिया दिनुहोस्