सरकारले तल्लो तहसम्म लगानीयोग्य रकम प्रवाह गरे मात्र निजी क्षेत्रको मनोबल उच्च हुने
काठमाडौं, १९ माघ। सरकारले स्थानीय स्तरसम्म लगानीयोग्य रकम प्रवाह गर्न सकेमात्रै निजी क्षेत्रको मनोबल उच्च हुने व्यवसायीहरुले बताएका छन्। बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको चुनौतिपूर्ण अर्थतन्त्रलाई माथि उकास्न आवश्यक रहेको बताए। चुनौतिपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाएर सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन आवश्यक रहेको उनले औंल्याए।
प्रतिक्रिया दिनुहोस्