शेयरधितो कर्जाको १२ करोडको सीमा हटाउन सरकार सकारात्मक
काठमाडौं, १९ माघ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लागू गरेको शेयरधितो कर्जामा कायमै रहेको १२ करोड रुपैयाँको सीमा हटाउने पक्षमा सरकार र राष्ट्र बैंक सकारात्मक देखिएको छ। राजधानीमा आयोजित कार्यक्रमा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीले १२करोडको सीमा हटाउन आफूहरु सकारात्मक रहेको बताएका हुन्। राष्ट्र बैंकले शेयर बजारलाई कडाइ गर्न मार्जिन प्रकृतिको शेयर धितोकर्जामा १२ करोडको सीमा राखेको थियो।
प्रतिक्रिया दिनुहोस्