सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश, आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्ने काठमाडौं, १९ माघ। बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरिएको छ। आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलको लागि उनलाई टिममा समावेश गरिएको जनाइएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेको थियो। नेपालले फागुन २ गतेबाट सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिवियासँग त्रिदेशीय सिरिज खेल्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्