सन्दीप लामिछानेबिरुद्धको मुद्दाको आज सर्वोच्चमा सुनुवाई हुँदै काठमाडौं, २० माघ। क्रिकेटर सन्दीप लामिछानेबिरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दाको सुनुवाई आज हुँदैछ। नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले निवेदन दिएको थियो। धरौटीमा रिहा भएका लामिछानेलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गरेको छ। उनलाई बिहीबार राष्ट्रिय क्रिकेट टिममा समेत समावेश गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्