नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान काठमाडौं, १९ माघ। नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले जेल चलान गरेको छ। बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका चौधरीलाई आज जिल्ला अदालत कैलालीमा पेश गरी जेल चलान गरिएको हो। कैलाली क्षेत्र नं.२ बाट निर्वाचित चौधरीलाई २०६६ भदौ ३३ गते ट्याक्टरमा आगो लगाई क्षति पुर्याएको आरोपमा जिल्ला अदालत कैलालीले ६महिना कैद र ९लाख १९हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्