भारतको असममा बाल विवाह गर्नेविरुद्ध कारवाही, १८ सयभन्दा बढी पक्राउ असम, २० माघ। असममा बाल विवाह गर्नेहरुलाई कारवाही गर्न सुरु गरिएको छ। असमका मुख्यमन्त्री हिमन्त बिस्वाले बाल विवाह निषेध सम्बन्धी नियमको उल्लंघन गर्ने १ हजार ८ सय जनाभन्दा बढीलाई पक्राउ गरिएको बताएका छन्। पुरै राज्यभरी यस्तो कारवाही सुरु गरिएको उनले ट्वीटरमा उल्लेख गरेका छन्। १४ वर्षभन्दा कम उमेरका युवतीसँग विहे गर्ने पुरुषहरुलाई कारवाही गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्