मलेसियामा नयाँ श्रम नीति लागू गरिँदै, नेपाली कामदारको लागि ‘रिक्यालिब्रेशन प्लान’ काठमाडौं, २० माघ। नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले मलेसियाले नयाँ श्रम नीति लागू गर्न लागेको बताएका छन्। आज काठमाडौंमा श्रममन्त्री डोलप्रसाद अर्यालसँगको बैठकमा श्रम नीति बारे छलफल गरेको उनले जनाए। ‘कामदारहरुका लागि ज्याला बढाउने नीति हामीले अघि बढाइरहेका छौं। मलेसियामा रहेका नेपालीहरुको लागि ‘रिक्यालिब्रेशन प्लान’ अघि सारेका छौँ,’उनले भने। मलेसियाले कामदार अनुकुलको नीति निर्माण गरिरहेको दाबी उनको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्