श्रममन्त्री र मलेसियाका गृहमन्त्रीबीचको बैठकः नेपाली श्रमीकलाई मलेसियाका श्रमीकसरह सेवा सुविधा दिन माग काठमाडौं, २० माघ। नेपालले नेपाली श्रमीकलाई मलेसियाका श्रमीकसरह सेवा/सुविधा दिन माग गरेको छ। शुक्रबार काठमाडौंमा भएको श्रममन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनबीचको बैठकमा उक्त माग गरेको हो। ‘नेपाली कामदारलाई मलेसियाका कामदारसरह सेवा/सुविधा दिने कुरामा छलफल भएको छ। हामीले कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ,’ श्रममन्त्री अर्यालले भने।मलेसियासँग श्रम सम्झौता नविकरण गर्दा यी कुरालाई ध्यान दिइने उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्