निर्वाचन खर्च ७ अर्ब रुपैयाँ, प्रमुख आयुक्त भन्छन्– नेताहरुबाट नै निर्वाचन खर्चको पद्धति मिच्ने काम भयो काठमाडौं, २० माघ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालकोभन्दा कम खर्चमा यस पटक निर्वाचन सम्पन्न गरेको दाबी गरेका छन्। शुक्रवार निर्वाचनबारे छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन खर्चिलो भयो भन्नेबारेमा बारम्बार प्रश्न उठ्ने गरेको तर नेताहरुबाट नै निर्वाचन खर्चको पद्धति मिच्ने काम भएको बताए। ‘१०अर्ब रुपैयाँ माग गरेकोमा झन्डै ३अर्ब फिर्ता गर्ने तयारीमा भनेर समाचार लेख्नु भए हुन्छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्