बानेश्वरमा बाबु र छोरी मृत अवस्थामा भेटिए काठमाडौं, २२ माघ। काठमाडौंको बानेश्वरमा बाबु र छोरी मृत अवस्थामा भेटिएका छन्। उनीहरुको शव शनिबार साँझ भेटिएको थियो। प्रहरीका अनुसार मृत अवस्थामा भेटिएकामा रामेछापका ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी रहेका छन्। किशोर झुण्डिएको अवस्थामा फेला परेको र उनको छोरीको मृत्यु चक्कु प्रहारबाट भएको प्रहरीले जनाएको छ। घटनास्थलमा किशोरको सुसाईड नोट समेत फेला परेको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्