सांसद पद खारेज भएपछि रवि लामिछानेले आज पहिलो पटक पत्रकार सम्मेलन गर्ने काठमाडौं, २२ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्। ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ,’ उनले भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्