उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा दिए निवेदन काठमाडौं, २२ माघ। नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन्। मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–२ मा श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए। लामिछानेको सांसद खारेज भएपछि श्रेष्ठ निर्वाचनमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने मागसहित आयोग पुगेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्