कांग्रेस नेता उमेश श्रेष्ठलाई निर्वाचन आयोगको जवाफ– उपनिर्वाचन बाहेकको पदपूर्तिका बारेमा कानूनले परिकल्पना गरेको छैन
काठमाडौं, २२ माघ। निर्वाचन आयोगले उनिर्वाचन बाहेकका पदपूर्तिका बारेमा कानूनले परिकल्पना नगरेको स्पष्ट पारेको छ। आफूलाई चितवन क्षेत्र नं.२ मा स्वतः विजयी घोषणा गर्न भन्दै निर्वाचन आयोग पुगेका कांग्रेस नेता उमेश श्रेष्ठलाई आयोगले उक्त जवाफ दिएको हो। ‘पद रिक्त भएको अवस्थामा आयोगले गर्ने भनेको उपनिर्वाचनबाट पदपूर्ति हो।यसबाहेक कानूनमा स्पष्ट रुपमा अरु कुरा लेखिएको छैन,’निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने।
प्रतिक्रिया दिनुहोस्