म्यानपावर व्यवसायीहरुलाई सुध्रिनको लागि समय दिइने, नसुध्रिए निर्मम कारबाही हुने
काठमाडौं, २२ माघ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानूनी व्यवस्थाको बर्खिलाप गरी ठगी गरे तत्काल कारबाही गर्ने बताएका छन्। आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनैपनि म्यानपावर र व्यक्तिगत रुपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने जनाएका हुन्। सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीहरुलाई सुध्रनको लागि समय दिएको बताए।
प्रतिक्रिया दिनुहोस्