ओलीले लगाए कांग्रेसमाथि गम्भिर आरोप, भने– प्रतिपक्षमा बस्दा पानी बाहिरको माछा जस्तै छट्पटाएको छ
काठमाडौं, २२ माघ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरु प्रतिपक्षको भुमिकालाई स्वीकार्नै नसक्ने स्थितिमा पुगेको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमालेले सरकार गठनको मत नपाएकाले रुची नराख्दा पनि कांग्रेसले सरकार गठन नगरेपछि संविधानको रक्षा गर्न नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा अघि सारेको जनाए। ‘कांग्रेस यतिबेला पानी बाहिरको माछा जस्तै छट्पटाएको देखिन्छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्