राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी, निर्विरोध निर्वाचित हुने सम्भावना
काठमाडौं, २२ माघ। राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र)की उर्मिला अर्यालले उम्मेदवारी दिएकी छन्। आइतबार दिउँसो संघीय संसद भवन पुगेर उनले उम्मेदवारी दिएकी हुन्। सत्तारुढ दलहरुको साझा उम्मेदवार उनको प्रस्तावमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र समर्थकमा नेकपा(एमाले)का राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा छन्।विपक्ष नेपाली कांग्रेस लगायतका दलहरुले उम्मेदवारी नदिने निर्णय गरेका कारण उनी निर्विरोध निर्वाचित हुने सम्भावना छ।
प्रतिक्रिया दिनुहोस्