रवि लामिछाने सम्बन्धी सर्वोच्चको फैसलाप्रति ओली असन्तुष्ट, भने– फैसलाबाट कसले न्याय पायो मैले बुझिन
काठमाडौं, २२ माघ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट रवि लामिछानेलाई अन्याय भएको बताएका छन्। उनले आइतबार प्रतिनिधिसभा बैठकमा भने,‘उजुरकर्ता व्यक्तिलाई के मर्का परेछ? र उजुर गरे, के सरोकार हो, के करणले हो, के अन्याय भयो र न्याय खोजे, एउटा असम्बन्धित व्यक्तिले उजुरी गरेको देखिन्छ। यसफैसलाबाट कसले न्याय पायो मैले बुझिन,’उनले भने।अदालतको निर्णयलाई भने सम्मान गर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्