रास्वपाले गर्यो सरकार छोड्ने निर्णय, मन्त्रीहरुले आजै राजीनामा प्रधानमन्त्रीलाई बुझाउने
काठमाडौं, २२ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ। रास्वपाको आज बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा रास्वपा अध्यक्ष रवि लामिछानेले आफ्नो दलका मन्त्रीहरुले आज प्रधानमन्त्री समक्ष राजीनामा पेश गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्