राष्ट्रपति भण्डारीले माघ २७ गते सदनको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने
काठमाडौं, २२ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले यही मघ २७ गते शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्। राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम २०७९ माघ २७ गते शुक्रबारका दिन ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने भएको छ,’विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस्