सत्तासाझेदार दलहरुको एकतालाई जोगाउने प्रधानमन्त्रीको प्रतिबद्धता, भने– रविसँग भेटेर कुरा गर्छु काठमाडौं, २२ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तासाझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै उनले यस्तो प्रतिक्रिया दिएका छन्। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै उनले राष्ट्रिय सहमती गरेर अघि बढने जनाए। रास्वपाका सभापति लामिछानेसँग फेरी भेटी देखिएको समस्या तत्काल हल गर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्