कांग्रेसबाट नै राष्ट्रपति हुने महामन्त्री विश्वप्रकाश शर्माको दाबी
काठमाडौं, २२ माघ। नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दावी गरेका छन्। आइतबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सोही व्यक्ति नै राष्ट्रपति बन्ने बताए। महामन्त्री शर्माले राष्ट्रपतिमा आफ्नो पार्टीले प्रतिस्पर्धा गर्ने कुरालाई पूर्वाग्रही ढंगले नसोच्न पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस्