रास्वपाका तीनजना मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा काठमाडौं, २२ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का तीनजना मन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन्। राजीनामा बुझाउनेमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्की छन्। रास्वपाको आज बसेको केन्द्रिय कमिटि र संसदीय दलको संयुक्त बैठकले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरुले प्रधानमन्त्रीलाई राजीनामा दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्