प्रधानमन्त्री दाहालले सुरु गरे दलका प्रमुख सचेतकहरुसँग छलफल
काठमाडौं, २३ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले दलका प्रमुख सचेतकहरुसँग छलफल सुरु गरेका छन्। छलफल कार्यक्रम प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेबाट सुरु भएको हो। प्रतिनिधि सभाको बैठक र काम कारबाहीलाई थप प्रभावकारी बनाउने बारेमा छलफल भइरहेको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस्