राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीले आज पत्रकार सम्मेलन गर्ने
काठमाडौं, २३ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मन्त्री भइ आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका सांसदहरुले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। सांसदहरु शिशिर खनाल, डोलप्रसाद अर्याल र तोसिमा कार्कीले आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय वसुन्धारामा पत्रकार सम्मेलन गर्न लागेका हुन्। पत्रकार सम्मेलनमा आफूले मन्त्रालय सम्हालेको कार्यकालका उपलब्धिहरुका बारेमा जानकारी गराइने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्