टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, घर भत्किदा टर्कीमा मात्र एक सय जनाभन्दा बढीको मृत्यु
इस्तानबुल, २३ माघ। टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार भूकम्प सोमबार विहान ४ः१७ बजे गएको थियो। भूकम्पका कारण घरहरु भत्किदा टर्कीमा मात्र एक सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ। उद्धार कार्य जारी रहेकोले मृतकको संख्या अझ बढ्ने जनाइएको छ। टर्कीका राष्ट्रपतिले देशमा आपतकाल घोषणा गरेका छन्। टर्कीको छिमेकी सिरियामा पनि भूकम्पका कारण २० जनाको मृत्यु भएको छ।(बीबीसी)
प्रतिक्रिया दिनुहोस्