इरानका सर्वोच्च नेता खमेनेईले दिए १० हजारभन्दा बढी कैदीलाई ‘सशर्त’ सजाय माफी
तेहरान, २३ माघ। इरानका सर्वोच्च नेता अयातोल्ला अली खमेनेईले १० हजारभन्दा बढी कैदीको सजाय माफ गर्दै रिहा गर्न आदेश दिएका छन्। सजाय माफ पाउनेमा वर्तमान सरकारको विरोध गर्ने महिला तथा पुरुषहरु पनि रहेको जनाइएको छ। इरानको सरकारी मीडियाले सजाय माफी ‘सशर्त’ रहेको उल्लेख गरेका छन्। इस्लामीक क्रान्तिको ४४औं वर्षगाँठ पूर्व कैदीको सजाय माफ गरिएको हो। (बीबीसी)
प्रतिक्रिया दिनुहोस्