कारागार, हिरासत र बालसुधार गृहमा रहेका व्यक्तिको मानवअधिकार अवस्था सन्तोषजनक देखिएनः प्रधानमन्त्री
काठमाडौं, २३ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले कारागार, हिरासत र बालसुधार गृहमा रहेका व्यक्तिको मानवअधिकार अवस्था सन्तोषजनक नरहेको बताएका छन्। महान्यायाधिवक्ताको कार्यालयबाट कारागार, हिरासत र बालसुधार गृहको अनुगमन गरी तयार गरिएको प्रतिवेदनले यस्तो देखाएको उनले स्पष्ट पारे। सोमवार महान्यायाधिवक्ताको कार्यालय अवलोकनपछि उनले नेपालका कारागार, बालसुधार गृह र हिरासतको बिस्तार र सेवासुविधा वृद्धि गर्ने नेपाल सरकारको प्राथमिकतामा रहेको जनाए।
प्रतिक्रिया दिनुहोस्