२५ सयको हाराहारीमा नेपाली रहेको टर्कीमा भूकम्पको ठूलो झट्का, एनआरएनए भन्छ– हालसम्म नेपाली हताहत भएको खबर छैन
काठमाडौं, २३ माघ। गैरआवासीय नेपाली संघ(एनआरएनए)ले टर्कीमा हालसम्म कोही नेपाली हताहत नभएको बताएको छ। टर्कीमा आज बिहान ७.८म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पका कारण मृत्यु हुनेको संख्या तीन सय नाघेको छ। एनआरएनले टर्कीमा २ हजार ५सयसम्म नेपाली रहेको जनाएको छ। ‘त्यहाँस्थित नेपालीहरु अहिले एनआरएनएसँग प्रत्यक्ष सम्पर्कमा छन्। भूकम्पमा हालसम्म कुनै नेपालीको क्षति नभएको जानकारी प्राप्त भएको छ,’एनआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस्