भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या पाँच सय नाघ्यो, तीन हजारभन्दा बढी घाइते अंकारा, २३ माघ। सोमबार विहान टर्कीमा गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण घरहरु भत्किदा टर्की र सिरियामा मर्नेहरुको संख्या तीन सय नाघेको छ। भूकम्पका कारण तीन हजारभन्दा बढी घाइते भएको जनाइएको छ। टर्कीमा २८४ र सिरियामा २३७ जनाको मृत्यु भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्। टर्की, लेबनान, सिरिया, साइप्रस, इजरायल र प्यालेस्टाइनमा भूकम्पको धक्का महशुष गरिएको थियो। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्