संसदको हिउँदे अधिवेशन अझै डेढ महिना चल्ने, २० वटा विधेयक पास गर्ने सरकारको तयारी काठमाडौं, २३ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा करिव २० वटा विधेयक पास गर्ने प्रतिवद्धता जनाएका छन्। सोमबार विभिन्न पार्टीका संसदीय दलका प्रमुख सचेतकहरुसँग संसदका गतिविधिहरुलाई चलयामान बनाउने कुरामा उनले छलफल गरेका थिए। सोही छलफलमा प्रधानमन्त्रीले उक्त प्रतिवद्धता जनाएका हुन्। उनले संसदलाई कसरी अघि बढाउने भन्नेबारे प्रमुख सचेतकहरुसँग सुझाव समेत लिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्