टर्की भूकम्पः सिरियामा रहेका चार सयभन्दा बढी नेपाली सेनाको अवस्था बुझ्दै जङ्गी अड्डा काठमाडौं, २३ माघ। टर्कीलाई केन्द्रविन्दु बनाएर सोमबार विहान गएको ७.८ म्याग्निच्युडको भूकम्पले सिरियामा समेत ठूलो क्षति गरेको छ। द्वन्द्वग्रस्त राष्ट्र सिरियामा अहिले राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत ४१६ जना नेपाली सेना खटिएका छन्। नेपाली शान्ति सेना रहेको स्थानमा भूकम्पले के–कति क्षति गरेको छ भन्ने बारेमा सैनिक मुख्यालय जङ्गी अड्डाले अहिले बुझ्ने काम गरिरहेको सैनिक प्रवत्ता कृष्णप्रसाद भण्डारीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्