सिरियामा रहेका सबै नेपाली शान्ति सैनिक सुरक्षितः सैनिक प्रवक्ता
काठमाडौं, २३ माघ। नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत सिरिएमा खटिएका सबै नेपाली सेनाहरु सुरक्षित रहेको बताएका छन्। सोमबार टर्कीलाई केन्द्रबिन्दु बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पले सिरियामा समेत ठूलो जनधनको क्षति गरेको छ। तर भूकम्पका कारण नेपाली सेनालाई कुनै क्षति नभएको उनले जनाएका छन्। भूकम्पले टर्की र सिरियामा ६०० जनाभन्दा बढीको ज्यान लिइसकेको छ।
प्रतिक्रिया दिनुहोस्