चक्रपथ बाहिरबाट मेलम्चीको पानीको माग अत्याधिक बढ्यो, वितरण गर्न २४ अर्ब वित्तीय श्रोत आवश्यक
काठमाडौं, २३ माघ। काठमाडौं खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रबाट मेलम्चीको पानीको माग अत्याधिक आएको बताएका छन्। सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले माग सम्बोधन गर्न २४ अर्ब रुपैयाँ वित्तीय स्रोत आवश्यक रहेको जनाए। चक्रपथ बाहिर खुमलटार,ग्वार्को, नखिपोट,धापाखेल, सुनाकोठी,भैंसेपाटी, वागडोल,सूर्यविनायक, मुलपानी,इमाडोल, महालक्ष्मी,नागार्जुन नगरपालिका,धापासी, स्युचारटार लगायतका स्थानमा करिव १हजार ६५०किलोमिटर पाइपलाइनको सर्वेक्षण/डिजाइनको कार्य भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्