प्रधानमन्त्री दाहालको काँधमा पाँचवटा मन्त्रालयको जिम्मेवारी काठमाडौं, २३ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्ने गरी तोकेकी छन्। योसँगै प्रधानमन्त्रीको काँधमा गृह, वन तथा वातावरण, युवा तथा खेलकुदलगायत पाँचवटा मन्त्रालयको जिम्मेवारी परेको छ। रास्वपाको तर्फबाट मन्त्री बनेका शिशिर खनाल र डोलप्रसाद अर्यालले मन्त्रीबाट राजीनामा गरेपछि आज राष्ट्रपतिले उनीहरुकोे जिम्मेवारी प्रधानमन्त्रीले हेर्नेगरी तोकेकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्