मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने तयारीमा सरकार काठमाडौं, २३ माघ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने बताएकी छन्। सोमवार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै उनले विधेयकका सम्बन्धमा सरोकारवाला निकायहरुले आवश्यक सल्लाह सुझावहरु मन्त्रालयलाई दिन आग्रह समेत गरिन्। आमसञ्चार क्षेत्रका लागि बनेका कानूनहरु अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानूनहरु परिमार्जन गर्न आवश्यक रहेको उनले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्