राष्ट्रपति निर्वाचन सम्पन्न गर्न सत्तारुढ गठबन्धन टिकाई राख्न जरुरी
काठमाडौं, २३ माघ। नेकपा(एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन्। राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढ्न पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको तर्क उनको छ। सोमबार भक्तपुरमा आयाजित एक कार्यक्रममा बोल्दै उनले गत पुस १० गते भएको सहमतीलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरु दृढतापूर्वक उभिनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्