नारायणमान बिजुक्छेको टिप्पणीः कांग्रेस राष्ट्रपतिको लोभमा फस्न मिल्दैन, सत्तारुढ गठबन्धन प्रजातान्त्रिक भएन
काठमाडौं, २३ माघ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेस राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन्। उनले प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्न कांग्रेसलाई सुझाएका छन्। सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणापत्रभन्दा बाहिर जाने छुट कुनै राजनीतिक दललाई नभएको उनले बताए।सत्तारुढ गठबन्धन प्रजातान्त्रिक नभएको भन्दै अध्यक्ष बिजुक्छेले असन्तुष्टि समेत व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्