भूकम्पका कारण टर्की र सिरियामा मर्नेको संख्या ३८ सय नाघ्यो, १७ हजारभन्दा बढी घाइते
अंकरा, २४ माघ। टर्कीमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडकाे भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेकाे संख्या ३ हजार ८३० पुगेकाे छ। भूकम्पका कारण १७ हजारभन्दा बढी घाइते भएकाे जनाइएकाे छ। भूकम्पले टर्कीमा ५ हजार ६०६ घर भत्किएका छन्। ठूलाे भूकम्पपछि ८० भन्दा बढी पराकम्प गएका छन्। तीनवटा पराकम्प ६ म्याग्निच्युडभन्दा माथिका रहेका थिए।
प्रतिक्रिया दिनुहोस्