लोकतन्त्र र समावेशि मुद्दामा छलफल गर्न यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै काठमाडौं, २४ माघ। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी विकास नियोग(युएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छिन्। अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेकी हुन्। नेपाल भ्रमणको समयमा उनले नागरिक समाजका अगुवा,सामुदायिक समूह, विद्यार्थी, व्यापारी र सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्नेछिन्। लोकतन्त्र, समृद्धि, समावेशिता लगायतका विषयमा उनले छलफल गर्नेछिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्