टर्की र सिरियामा भूकम्पका कारण ४३ सयभन्दा बढीको मृत्यु, परराष्ट्र मन्त्रालयले भन्यो– नेपाली परेको खबर छैन
काठमाडौं, २४ माघ। टर्कीमा केन्द्रविन्दू भएर सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय नाघेको छ। हालसम्म कोही नेपाली पनि घाइते तथा मृत्यु भएको खबर प्राप्त नभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले देखापढीलाई बताइन्। टर्कीमा २हजार देखि २हजार ५सयसम्म नेपाली रहेका छन्। ‘अहिलेसम्म सबै नेपाली सुरक्षित रहेको खबर छ,’ उनले भनिन्।
प्रतिक्रिया दिनुहोस्